अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध
ratopati.com · Wed May 06 19:31:54 GMT 2026

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।
त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)