मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा मातृ मृत्यु दर विश्वमै सबैभन्दा उच्च

ratopati.com · Wed May 06 20:54:51 GMT 2026

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानमा मातृ मृत्यु दर अत्यन्तै चिन्ताजनक स्तरमा पुगेको छ । प्रत्येक एक लाख जीवित जन्ममा करिब ५२१ जना महिलाको मृत्यु हुने गरेको देखिएको छ, जुन विश्वकै सबैभन्दा उच्च दरमध्ये एक मानिन्छ । यो अवस्था मुख्य रूपमा गर्भावस्था र प्रसूतिकलामा देखिने जटिलताहरू समयमै उपचार नपाउनु, स्वास्थ्य सेवामा सीमित पहुँच र कमजोर स्वास्थ्य संरचनाका कारण उत्पन्न भएको बताइएको छ ।

प्रतिवेदनले विशेष रूपमा प्रसूति फिस्टुला नामक गम्भीर स्वास्थ्य समस्याबारे विस्तृत रूपमा चर्चा गरेको छ । यो समस्याका कारण महिलाको मूत्रथैली वा मलद्वारमा गम्भीर क्षति पुग्छ । परिणामस्वरूप महिलाहरूलाई निरन्तर पिसाब वा दिसा नियन्त्रण गर्न नसक्ने अवस्था आउँछ, जसले शारीरिक पीडासँगै दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । यस्तो अवस्थाले महिलाको दैनिक जीवन अत्यन्त कठिन बनाइदिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)