लगानी भित्र्याउन निजी क्षेत्रलाई स्वागत गर्नुपर्छ: पर्यटनमन्त्री
nagariknews.nagariknetwork.com · Wed Dec 04 15:33:34 GMT 2024

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विदेशी, एनआरएन, र स्वदेशी लगानी भित्र्याउन निजी क्षेत्रलाई राज्यले स्वागत गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न राज्यले ‘रातो कार्पेट’ ओछ्याउनुपर्ने आवश्यकता औंल्याए।
१५औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले लुम्बिनी क्षेत्रको पर्यटन विकास सोचेअनुरूप गर्न नसकिएको स्वीकार गरे। उनले तीनै तहका सरकारले एकीकृत रूपमा काम गरे मात्र लुम्बिनी क्षेत्रलाई विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)