धवनको अर्धशतक छाँयामा पार्ने सुमितको इनिङ्स अनि करणको छक्का
onlinekhabar.com · Wed Dec 04 17:15:38 GMT 2024
१९ मंसिर, काठमाडौं । भारतिय स्टार क्रिकेट शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार आफ्नो पहिलो अर्धशतक प्रहार गरे । पहिलो खेलमा खासै चल्न नसकेको उनले दोस्रो खेलमा सुझबुझ रुपमा ब्याटिङ गर्द अविजित ७२ रन बनाएका थिए । जसको मदतमा कर्णाली याक्सले १४९ रन बनाएको थियो ।
धवनले बनाएको रन चौथो दिनसम्म एनपीएलमा कुनै पनि खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन समेत हो । तर त्यो स्कोर कर्णालीलाई जित दिलाउन पर्याप्त भए । अर्कोतर्फ घरेलु खेलाडीद्वय सुमित महर्जनको सुझबुझपूर्ण ब्याटिङ अनी करण केसीको विष्टफोटक ब्याटिङले काठमान्डु गुर्खाजलाई लिगको पहिलो जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)