मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा रेलमा आक्रमण : २३ जनाको मृत्यु, ५३ जना गम्भीर घाइते

ratopati.com · Sun May 24 07:13:14 GMT 2026

इस्लामावाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटास्थित चमन गेट नजिकै एउटा यात्रुवाहक रेललाई लक्षित गरेर आक्रमण गरिएको छ । रिपोर्टका अनुसार गेट नजिकैबाट गुडिरहेकाे यात्रुले खचाखच भरिएको यात्रुवाहक रेललाई लक्षित गरी गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५३ जना गम्भीर घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार सुरक्षा बलले सो क्षेत्रलाई घेराबन्दी गरेको छ । विस्फोटमा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा पुर्‍याइएको छ, जहाँ धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस घातक आत्मघाती आक्रमणको प्रारम्भिक अनुसन्धानले यो एक सुनियोजित आक्रमण भएको पत्ता लगाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)