मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा

ratopati.com · Wed Dec 04 19:09:00 GMT 2024

काठमाडौं । उत्तर कोरियाको कम्युनिष्ट शक्तिको प्रभाव कम गर्न र राज्यविरोधी तत्वलाई निमिट्यान्न पार्ने बहानामा दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले उठाएको मार्सल ‘ल’ घोषणाको कठोर कदमले आफैं पद धरापमा पारेको छ ।

जुन कदमले उनकै योजनाको प्रभावशाली हिस्सा मानिएका रक्षामन्त्री किन योंग ह्यूनले राजीनामा दिनु परेको छ भने राष्ट्रपति यून स्वयंले महाभियोगको सामना गर्नु परेको छ । दक्षिण कोरियाली सांसदहरुले मार्सल ल’ लागू गर्ने कठोर कदमलाई विफल पारेपश्चात राष्ट्रपति यूनविरुद्ध महाभियोगको प्रस्तावअघि बढाएका छन् । सांसदहरुले अब बस्ने संसद बैठकमा राष्ट्रपति यूनविरुद्धको महाभियोगमाथि मतदान गर्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)