वर्ष दिनमै बन्यो झोलुङ्गे पुल
gorkhapatraonline.com · Wed Jun 17 02:53:09 GMT 2026

कैलाली र बर्दिया जोड्ने दौलतपुरघाटस्थित कर्णाली नदीमा एकैवर्षमा झोलुङ्गे पुल तयार भएको छ । दुई वर्षमा निर्माण सक्ने गरेर थानी निर्माण सेवा काठमाडौँले ठेक्का लिएको पुल एक वर्षमै निर्माण गरिएको हो । पुलले टीकापुर नगरपालिका–५ र राजापुर नगरपालिका–१ लाई जोडेको छ ।
२०८२ असार ११ मा सम्झौता भई २०८४ असारमा सम्पन्न गर्ने सम्झौता भए पनि अहिले नै निर्माण सम्पन्न भइसकेकाले अगामी सोमबार पुल उद्घाटन गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि विक्रम बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार करिब ७५ मिटर गहिराइबाट पाइलिङ गरेर बनाइएको मल्टी स्पान ट्रेल ब्रिज अरू ठाउँकोभन्दा भिन्न छ । पुलको बिचभागमा पर्यटकले रोकिएर अवलोकन गर्न मिल्ने, मोटरसाइकल, रिक्सा रोक्न मिल्ने पार्किङसमेत बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)