कालोपत्रे सडक दुई वर्षमै जीर्ण
gorkhapatraonline.com · Fri Sep 23 00:33:47 GMT 2022
चरीकोट समाचारदाता
चरीकोट, असोज ७ गते । दोलखाको तामाकोसी गाउँपालिकाको भीरकोट हुँदै हावाच्यामा पुग्ने सडक कालोपत्रे गरिएको दुई वर्षमै जीर्ण बनेको छ। सडक जीर्ण बनेपछि सो सडक हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको छ । सडकको कालोपत्रे उप्किएको मात्र छैन, पहिरोले सडकका नालासमेत पुरिएको तामाकोसी–४ का स्थानीय सन्तोष पोखरेलले बताउनुभयो। गुणस्तरीय निर्माण अभावमा जीर्ण बनेको सडकको दुरावस्थाबारे सोही सडक हुँदै दैनिक आवतजावत गर्ने गाउँपालिकाका जनप्रतिनिधिले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)