मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
nagariknews.nagariknetwork.com · Wed Sep 09 02:02:44 GMT 2026

मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ। प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत गत आवमा प्रदेशभर ५९१.१८ किमी सडक निर्माण तथा विस्तार भएको हो। निर्माण भएका सडकमा ढलान, ग्राभेल तथा कालोपत्र सडकसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)