बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
ratopati.com · Wed Jul 08 12:45:27 GMT 2026

धनगढी । सुदूरपश्चिमको बजेट विवाद कसरी समाधान गर्ने भन्ने विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका महामन्त्री पौडेलबिच छलफल भएको छ। बुधबार धनगढीस्थित मुख्यमन्त्री निवासमा बुधबार दिउँसो ३ देखि ४ बजेसम्म भएको भेटवार्ता बजेट विवादका विषयमा छलफल भएको हो।
सरकारले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकारका डम्बर बहादुर बमले बजेटमा देखिएका केही प्राविधिक त्रुटिहरूलाई समाधान गरेर बजेट पारित गराउने विषयमा महामन्त्री पौडेल र मुख्यमन्त्री शाहबीच सकारात्मक छलफल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)