श्रवण शक्ति कम भएका व्यक्तिका लागि दोभासे सेवा
barnanmedia.com · Wed Dec 04 21:56:53 GMT 2024

श्रवण शक्ति कम भएका व्यक्तिका लागि खोटाङमा दोभासे सेवा सुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरु गरिएको हो ।
श्रवण शक्ति कम भएका व्यक्तिलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरूलाई दोभासेको सहयोगमा सहज रूपले सेवा उपलब्ध गराउने व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनै पनि सेवाप्रदायक निकायमा दोभासेको व्यवस्था थिएन । यसले गर्दा श्रवण शक्ति कम भएका सेवाग्राही मारमा परिरहेका छन्”, उहाँले भन्नुभयो, “श्रवणशक्ति कम भएकाका लागि महासङ्घ कोशी प्रदेशले एकजना कर्मचारी उपलब्ध गराएको छ । यसले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)