मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

barnanmedia.com · Wed Dec 04 21:59:18 GMT 2024

काठमाडौँ २० मङ्सिर: पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका छन् । यसैक्रममा पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामोसमय पर्यटन र सेवा उद्योगमा क्रियाशील ‘अर्थ बाउण्ड एक्सपेडिसन’ का राजन सिंखडा, मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो ।

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने र सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय सिम्खडा तथा मोहन लम्सालले बताउनुभयो । सिम्खडाले नेपाली खानाको परम्परागत शैलीलाई प्राथमिकता दिइएको बताउनुभयो । “नेपाली खानाको आधार नै अचार हो । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने छन् । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ । हाम्रो यहाँ मासुसहित विभिन्न १५ परिकार समावेश छन्”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)