आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा
nepalnews.com · Wed Jun 17 03:04:53 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)