दुई सय अठचालिस किलोमिटर सडक निर्माण
gorkhapatraonline.com · Wed Jun 17 03:03:56 GMT 2026

। हेटौँडा उपमहानगरपालिकाले पछिल्लो पाँच वर्षमा २४८ किलोमिटर कङ्व्रिmट (स्ल्याब ढलान) सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/०८२ सम्म उपमहानगरमा पछि समावेश भएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडी क्षेत्रका बासिन्दालाई सडक सञ्जालसँग जोड्न उक्त सडक निर्माण गरिएको हो । सोही अवधिमा ७.९७ किलोमिटर सडक कालोपत्रे, ५.८८ किलोमिटर सडक ट्र्याक खोल्ने, ११.१० किलोमिटर ग्राभेल तथा १३ वटा कलभर्ट निर्माण गरिएको छ ।
उपमहानगरपालिकामा समायोजन भएका साबिकका गाउँ विकास समितिमा रहेका कच्ची सडकस्तरोन्नति गर्दै कङ्व्रिmट सडक निर्माणलाई प्राथमिकता दिइएको योजना कार्यान्वयन शाखाले जनाएको छ । शाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१.७१ किलोमिटर, २०७८/७९ मा ५२.७१ किलोमिटर, २०७९/८० मा ७३.१९ किलोमिटर, २०८०/८१ मा ५६.२८ किलोमिटर र २०८१/८२ मा २५ किलोमिटर सडकमा कङ्व्रिmट ढलान गरिएको छ । यसै गरी पाँच वर्षको अवधिमा विभिन्न सामाजिक तथा भौतिक पूर्वाधार निर्माणका कामसमेत सम्पन्न भएका छन् । उपमहानगरपालिकाका अनुसार ४४ वटा खानेपानी आयोजना, १४१ वटा शैक्षिक पूर्वाधार, ४८ वटा पर्यटन पूर्वाधार र २५ वटा स्वास्थ्य पूर्वाधार निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)