पारिश्रमिक नपाएपछि कर्णालीका पूर्वसदस्यसचिव सर्वोच्चमा, लिखित जवाफ माग
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आफूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सञ्ज्यालले सदस्यसचिवका रूपमा काम गरेको अवधिको पारिश्रमिक तथा सेवा–सुविधा नपाएको दाबी गर्दै दायर गरेको रिटमाथि बुधबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)