सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव
Ujyaaloonline.com · Wed Dec 04 22:54:03 GMT 2024

दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी गएराति मार्सल कानून लागू गर्नुभएको थियो । तर त्यसको केही घण्टामा नै उहाँले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।
राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरूले राष्ट्रिय सभा (संसद्) मा प्रवेश गरेर निर्णय रोक्न मतदान गरेका थिए । एक सांसदले आफू पर्खालमा चढेर संसद् भवनमा पसेको र त्यसका लागि प्रदर्शनकारीहरूले मद्दत गरेको बताएका बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)