फर्नान्डेज प्लेयर अफ द सिजन
annapurnapost.com · Sun May 24 07:34:02 GMT 2026
एजेन्सी/लन्डन: म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेज इङ्लिस प्रिमियर लिग फुटबलको प्लेयर अफ द सिजन घोषित भएका छन्। पोर्चुगलका मिडफिल्डर फर्नान्डेजले यसै महिना फुटबल राइटर्स संघबाट वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड पनि पाएका थिए।
फर्नोन्डेजले गत साता नटिङ्घम फरेष्टसँगको खेलमा गोलको अवसर सिर्जना गर्दै प्रिमियर लिगको एक सिजनमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका थिए। उनले प्रिमियर लिगको एक सिजनमा २० गोलको असिस्ट गरेका थिए। उनले म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर केभिन डे ब्रुन र आर्सनलका पूर्वस्ट्राइकर थियरी हेनरीको कीर्तिमानसँग बराबरी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)