मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्रमा अनुगमन र मूल्यांकनका लागि छुट्टै इकाइ

rajdhanidaily.com · Wed Apr 20 00:34:42 GMT 2022

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अनुगमन तथा मूल्यांकन इकाइ स्थापना गरेको छ । केन्द्रदेखि तल्लो तहसम्मका इकाइबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो इकाइ स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा स्थापना गरिएको सो इकाइले मंगलबारबाटै आफ्नो काम सुरु गरेको छ । यसका लागि दुई÷दुईवटा वाहिनीको अनुगमन तथा मूल्यांकनका लागि सो इकाइमा चारवटा डेस्क स्थापना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)