सभामुख देवराज घिमिरेद्वारा फोटो प्रदर्शनी अवलोकन
rajdhanidaily.com · Wed Dec 04 23:09:21 GMT 2024

काठमाडौं । सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाइ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् । एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरेले अवलोकनमा आएका हुन् ।
सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताए । ’विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजनाहरू कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्दछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)