चक्कु देखाउँदै युवती कुटपिट गर्ने पक्राउ
baahrakhari.com · Wed Jun 17 03:11:29 GMT 2026

बुटवल । एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी अन्दाजी २४ वर्षका रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो । उक्त भिडियो उनकै घरनजिक बासघारीमा चैतको महिनामा बनाएको प्रहरीले जनाएको छ ।
भिडियोमा तुलसीपुरकी २१ वर्षीय एक युवतीमाथि रमेश ठाडा मगरले गालीगलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै ‘अब गर्दिनँ’ भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।
#पक्राउ
#सामाजिक सञ्जाल
#चक्कु
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)