आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
ratopati.com · Wed Oct 02 18:11:00 UTC 2024

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो ।
संघले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको संघका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनले भनिन्, '४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)