मजदुरको सहारा बन्दै यातायात मजदुर भलाइ कोष
ekantipur.com · Sun Dec 07 18:05:00 GMT 2025

कैलाली — बदलिँदो युगसँगै मानिसको जीवनशैली व्यस्त बनेको छ । घर, अफिस, विद्यालय, अस्पताल र आफ्नो गन्तव्यमा पुग्न सबैलाई हतार छ । त्यही हतारको सारथि बनेका छन्– सवारी साधन र यातायात मजदुर । यात्रुलाई गन्तव्यमा पुर्याउन रातदिन भोकप्यास नभनी खट्छन् यातायात मजदुर । तर, आफ्नै जीवनको गन्तव्य कुन मोडमा अन्तिम हुन्छ, पत्तो नै पाउँदैनन् ।
सडकमा बित्ने उनीहरूको जीवन कहिले दुर्घटना, कहिले सरकारको बेवास्ता त कहिले अनपेक्षित संकटसँगै गुज्रन्छ । यी क्षणमा जिम्मेवार साहु नभए जेल जीवन र आर्थिक संकटसँग जुध्नु उनीहरूको बाध्यता हो । जसको प्रत्यक्ष असर मजदुरले मात्र होइन, समग्र परिवारले भोग्नु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)