अबदेखि बैङ्कहरुले वेबसाइट तथा मोबाइल बैङ्किङ एप दृष्टिविहीनमैत्री बनाउनुपर्ने
techpana.com · Sun May 24 07:41:15 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल बैङ्किङ सेवा थप पहुँचयोग्य बनाउन निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले शुक्रबार 'एकीकृत निर्देशन, २०८२' मा संशोधन गरी बैङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्नो वेबसाइट तथा मोबाइल बैङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्न निर्देशन दिएको हो ।
साथै, बैङ्कहरुले जारी गर्ने डेबिट तथा क्रेडिट कार्डमा ब्रेलमैत्री (Braille-friendly) विशेषता राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिले आफूले एटीएम, मोबाइल बैङ्किङ वा इन्टरनेट बैङ्किङ सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा बैङ्क तथा वित्तीय संस्थाले त्यस्ता सेवा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)