तटबन्ध निर्माणले बस्ती सुरक्षित
gorkhapatraonline.com · Wed Jun 17 03:17:59 GMT 2026

कर्णाली नदीमा तटबन्ध हुँदा बर्दियाका राजापुर र गेरुवा गाउँपालिकाका बस्ती सुरक्षित भएका छन् । बर्सेनि कटान र डुबानको जोखिममा रहका बस्ती तटबन्ध निर्माण भएपछि सुरक्षित भएका हुन् ।
कर्णाली नदीको व्यवस्थापनका लागि २०७१ सालमा सिँचाइ तथा नदी व्यवस्थापन कार्यालय स्थापना भएको थियो । कार्यालयले राजापुरको २१ किलोमिटर तटबन्ध निर्माण गरेको छ । कर्णाली नदीको पश्चिम भँगालोमा पानीको बहाब बढ्दै गएपछि राजापुर नगरपालिका–१, ३ र ४ तथा गेरुवा गाउँपालिका–१, २ र ३ मा तीव्र कटान भइरहेको थियो । ती वडामा हाल कटान रोकिएको छ । गेरुवा गाउँपालिका–१, राजीपुरका घुमलाल सोनाहाले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको बताउनुभयो । आयोजनाको २०७६ मा १२ अर्ब ८० करोड ७४ लाख रुपियाँको लागतसहितको गुरुयोजना स्वीकृत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)