मेस्सीको जादुसँगै अर्जेन्टिनाको विजयी सुरुवात
nepalviews.com · Wed Jun 17 03:16:46 GMT 2026

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिक प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को विजयी सुरुवात गरेको छ। अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान भएको समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
अर्जेन्टिनाका लागि तीनै गोल मेस्सीले गरे। छैटौं विश्वकप खेलिरहेका मेस्सीले विश्वकप इतिहासमा पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन्। यो ह्याट्रिकसँगै विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड उनले बराबरी गरेका छन् । मेस्सीको विश्वकमपमा १६ गोल पुगेको छ। जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल गरेका थिए । मेस्सीका अगाडि यो रेकर्ड तोड्ने अवसर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
फिफा
काठमाडौँ