निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई सिटौलाको अनुरोध
hamrakura.com · Tue Nov 29 00:00:00 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालेले निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई अनुरोध गरेका छन् । झापाको बाह्रदशीमा मतदातालाई धन्यवाद दिँदै यस्तो अनुरोध गरेका हुन् । निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको सिटौलाले भने ।
हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास-निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)