मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय सवारी बढ्दो आयातबाट झस्कियो सरकार, ७० अर्ब राजश्व गुमेको निष्कर्ष

ratopati.com · Sun Jan 21 00:38:00 GMT 2024

काठमाडौँ । बजेटले लिएको लक्ष्यअनुसार राजश्व सङ्कलनमा मुस्किल परेपछि नयाँ क्षेत्रको पहिचानमा सरकार लागिपरेको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब रुपैयाँभन्दा धेरै आम्दानीको लक्ष्य लिएको थियो । राजश्व, गैरराजश्व कर र अनुदानसहित झन्डै १५ खर्ब उठाउने लक्ष्य लिइएकोमा साढे ३५ प्रतिशत मात्रै लक्ष्य भेटिएको छ ।

यस्तो अवस्थामा सरकारले राजश्व सङ्कलनको नयाँ क्षेत्र पहिचान थालेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । रातोपाटीसँगको अन्तरवार्ताका क्रममा अर्थमन्त्री महतले राजश्व सङ्कलनमा चाप परेसँगै नयाँ क्षेत्र पहिचानको काम थालनी भएको बताए । उनले विद्युतीय सवारीलाई दिएको सहुलियतका कारणले चालू आर्थिक वर्षमा झन्डै ७० अर्ब रुपैयाँ राजश्व गुमेको समेत बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)