मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

nepalpress.com · Wed Jun 17 03:30:14 GMT 2026

झापा । गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।

डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईँलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)