मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’
onlinekhabar.com · Wed Jun 17 03:33:07 GMT 2026

३ असार, बुटवल । मंगलबार बिहानै बुटवलको ट्राफिकचोकबाट बुटवल उपमहानगरले नगर सफाइ कार्यक्रम आयोजना गरेको थियो । नगर सफाइका लागि नगर प्रमुख खेलराज पाण्डेय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकाय, नगर प्रहरी, विद्यार्थी र कर्मचारीहरु आएका थिए ।
सफाइ कार्यक्रम शुरु भएको केहीबेरमै ट्राफिकचोकबाट केही दक्षिणतर्फ सिद्धार्थ राजमार्ग छेउमै रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको घर अगाडि आइपुग्दा माहोल फेरियो । बिहान साढे ७ बजेतिर सफाइ गर्न आएको मेयर पाण्डेय सहितको टोली र मन्त्री कार्कीको घरमा होटेल र घरकै पेटीमा उखु पेल्ने काम गर्दै आएका गोकर्ण रायमाझी बीच विवाद, धकेलाधकेलको स्थिति बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)