काठमाडौंबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
baahrakhari.com · Tue Jun 14 23:41:00 GMT 2022
काठमाडौं । असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं बाहिरका नागरिकले पनि काठमाडौंबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)