मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत
rajdhanidaily.com · Wed Jun 17 03:41:56 GMT 2026

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा प्रभावशाली सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको हो । यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह ‘जे’ मा शीर्ष स्थानमा छ ।
१७ औं मिनेटमा उनले गोल गर्दा उनी निक्कै भावुक बनेका थिए । उनका आँखा रसाएका थिए । छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
साफ महिला च्याम्पियनसिप
फिफा
काठमाडौँ