सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल प्रणालीबाट, एकीकृत पोर्टल सञ्चालनमा
onlinekhabar.com · Wed Jul 08 13:29:02 GMT 2026

२४ असार, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिण, महाकाली र बबई सिँचाइ आयोजना उक्त पोर्टलमा समावेश गरिएका छन्। आगामी चरणमा अन्य सिँचाइ आयोजनालाई पनि क्रमशः यही प्रणालीमा आबद्ध गरिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)