ट्रयाक खोलेको २६ वर्षपछि भयो सडक कालोपत्रे
gorkhapatraonline.com · Wed Jun 17 03:48:47 GMT 2026

धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणाअन्तर्गत रहेको सडकको खण्ड यतिबेला कालोपत्रेको काम सुरु भएको हो ।
यहाँका स्थानीयवासीको जनश्रमदानबाट २०५७ सालमा ट्रयाक खोल्ने काम सुरु भएको थियो । ट्रयाक खोलेको करिब छब्बीस बर्षपछि बल्ल कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)