पेनाल्टीमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन वञ्चित
farakdhar.com · Sat Jul 05 17:49:36 GMT 2025
नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन चुकेको छ । शनिबार राति सम्पन्न उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा पेनाल्टी सुटआउटमा चुकेपछि नेपाल एसियन कपमा छनोट हुन वञ्चित भएको हो ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा भएको निर्धारित समयमा दुवै टिमले ३–३ गोल गरेपछि खेल पेनाल्टी सुटआउमा धकेलिएको थियो । पेनाल्टीमा कप्तान सावित्रा भण्डारी र अञ्जना राना मगर चुके ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)