सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सत्ता गठबन्धनकै असहयोग
rajdhanidaily.com · Sat Jun 08 23:11:29 UTC 2024
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको दुई महिना हुन लाग्दा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । सत्ता साझेदार दलको असहयोगका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् ।
सोडारी नेकपा (एकीकृत समाजवादी)तर्फबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले ३ जेठमा विश्वासको मत पाएका थिए । उनले अहिलेसम्म प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । तीन सदस्यीय मन्त्रिमण्डलको भरमा सरकार चलाउँदै आएका सोडारीलाई सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री नपठाउँदा सरकारका कामकारबाही नै प्रभाववित हुने खतरा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)