मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पः मुख्यमन्त्री सिंह

rajdhanidaily.com · Sat Jun 08 23:18:34 UTC 2024

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने कुरा बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै गृहजिल्ला सप्तरीमा शनिबार सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै विक्री गर्ने गरिएको जस्ता विकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)