पार्टी एकताको दबाब दिँदै सानेपामा नेविसंघको धर्ना
nepalpress.com · Sun May 24 08:31:00 GMT 2026

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र आन्तरिक एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले विरोध जनाएका हुन् ।
कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर ‘Party Unity First, Ego Later’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’, ‘युवालाई space देऊ, पार्टीलाई pace देऊ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)