रौतहटमा जग्गा विवादले हिंसात्मक रूप लिँदा एकको मृत्यु, दुई जना पक्राउ
shilapatra.com · Wed Jul 08 13:36:00 GMT 2026

रौतहटको ईशनाथ नगरपालिका– ३, औरैयामा पुरानो जग्गा विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक वृद्ध घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार मंगलबार राति स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)