गगन थापालाई गलहत्याएर सानेपाबाट निकाल्ने मोहन बस्नेतको चेतावनी
barnanmedia.com · Sun May 24 08:37:49 GMT 2026

काठमाण्डू– काँग्रेस नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाले इमान्दार नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाइरहे सानेपाबाट गलहत्याएर बाहिर निकाल्ने चेतावनी दिएका छन् ।
काँग्रेसको शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेश स्तरीय भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै बस्नेतले थापाले वडा समिति सभापतिदेखि जिल्ला सभापतिसम्मलाई आफूले भनेको नमानेबापत प्रतिशोध साँधेर कारबाही गरिरहेको बताए ।
‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ’, आफूले भनेको नमाने बापत उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट गलहत्याएर निकाल्नेछन् ।’
उनीहरुलाई आफ्नो साथ रहने बस्नेतले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)