चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
ratopati.com · Wed Jun 17 04:10:48 GMT 2026

काठमाडौँ । लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती जडान कार्य सुरु गरिएको छ। राजधानीको अत्यन्त व्यस्त सडक खण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रिकालीन यात्रा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
सडक विस्तार सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदल यात्रीहरूले विभिन्न समस्या भोग्दै आएका थिए। अँध्यारोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौतीसमेत देखिने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)