घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित
barnanmedia.com · Sat Jul 05 21:39:03 GMT 2025

ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । नागरिकता प्राप्त गर्न नसक्दा आफ्नो बालबच्चाको समेत नागरिकता बनाउन सकिरहनुभएको थिएन । तर, जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा उहाँमा खुसीको कुनै पनि सीमा नै छैन ।
“हामी नागरिकता बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली पुगेर नागरिकता लिन सक्ने अवस्थामा रहेका थिएनौँ”, उहाँले भन्नुभयो, “घरदैलोमा आयोजित एकीकृत सेवा सञ्चालनमार्फत नागरिकता प्राप्त गर्दा खुसीको कुनै सीमा नै छैन ।” पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनिया कुमारीले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका–३ शिकारीबासका आठ जनाले आफ्नो घरदैलोमा नागरिकता प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)