रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने
annapurnapost.com · Wed Sep 09 03:18:27 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए।
बुर्लाकोटीका अनुसार सम्बोधनका लागि सभापति लामिछानेले सभामुख डिपी अर्यालसँग समय मागिसकेका छन्। सभापति लामिछानेले भोटेकोशी बाढी, जेन्जी आन्दोलन र समसामयिक विषयमा बोल्ने तयारी गरेको स्रोतको भनाई छ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)