सडकमाथिबाट खसेको ढुंगाले लाग्दा बागलुङमा एक जनाको मृत्यु
ekantipur.com · Sun Dec 07 18:07:41 GMT 2025

ढोरपाटन (बागलुङ) — ताराखोला गाउँपालिका–५ मराममा आइतबार एक्स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुंगाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएको छ ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुंगा निकाल्दा अचानक ढुंगा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)