एसिसी यू–१६ इस्ट जोन कप उपाधि बिजेता क्रिकेट टोलीलाई बधाई
barnanmedia.com · Sat Jul 05 21:58:30 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले उक्त प्रतियोगिता उपाधि बिजेता टोली र जिताउन भूमिका खेल्ने व्यवस्थापन समूहलाई समेत बधाई दिनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”
आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई २ विकेटले पराजित गरेको हो । फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)