बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम स्थगित
gorkhapatraonline.com · Wed Sep 09 03:26:05 GMT 2026

विगत १५ वर्षदेखि जिल्लाको रामपुरमा सञ्चालन हुँदै आएको बृहत् लाखेनाच प्रदर्शन कार्यक्रम यस वर्ष स्थगित भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रामपुर नेवाः समाजले यस वर्षको कार्यक्रम स्थगित गरेको हो।
समाजले नेवाः देय दवु रामपुरको संरक्षणमा पाल्पा, स्याङ्जा र तनहुँमा प्रदर्शन हुने स्थानविशेषका फरक–फरक शैलीका लाखेनाच हरेक वर्ष श्राद्धपूर्णिमाका दिन प्रदर्शन गर्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)