रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट
barnanmedia.com · Sat Jul 05 22:37:09 GMT 2025

रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ। यस अवधिमा यात्रु सवारी, साना व्यवसायिक सवारी तथा यात्रुबाहक बसहरू बिक्री भएका छन् ।
घरेलु रूपमा उत्पादन भएका सवारीसाधनमध्ये करिब तीन लाख ३३ हजार तीन सय युनिट मात्र बिक्री भएको र यो सङ्ख्या गत वर्षको तुलनामा करिब ११ प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)