नेपालका ३५ लाख जनसङ्ख्या आधारभुत खानेपानीबाट बञ्चित
rajdhanidaily.com · Sat Jul 05 23:12:10 GMT 2025

मकवानपुर । नेपाल सरकारले सन २०३० सम्ममा ‘सबैका लागि सुरक्षित तथा खर्चले धान्न सक्ने मुल्यमा खानेपानीको सुर्वसुलभ तथा समतामुलक पहुँच हासिल गर्ने’ लक्ष्य लिएको छ, तर हाल नेपालका ३५ लाख जनसङ्ख्या आधारभूत खानेपाी सुविधाबाट बञ्चित रहेको छन् ।
यहाँका ६ लाख ३९ हजार जनसङख्याले एक गाग्रो पानीको लागि कम्तिमा ३० मिनेटभन्दा बढी समय खर्चने गरेका छन् । यस्तै ८ लाख ५५ हजार जनसंङ्ख्या खोलानाला, कुलो जस्ता सतहको पानी प्रयोग गर्नुपर्ने बाध्यतासँगै बाँचिरहेका छन् । सुरक्षित तवरले पानीको व्यवस्थापनको लागि एक घर एक धारा पहुँच पु¥याउने, चाहिएको बेला आवश्यक पानीको उपलब्धता कायम गर्ने, दिसाजन्य किटाणु र हानिकारक केमिकल नभएको गुणस्तरीय पानी वितरण गर्ने सरकारी लक्ष्य छ । हालको कार्य प्रगतिकै रफ्तारले २०३० को लक्ष्यलाई भेट्न सक्ला त ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा कार्यरत हरि भुषालका अनुसार हाल नेपालमा १ करोड ९२ लाख जनाले चाहिएको बेलामा सर्वसुललभ रुपमा पानी प्राप्त गर्न सकिरहेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)