गाउँमा विद्यार्थी पाउनै मुस्किल, धमाधम गाभिँदै सामुदायिक
annapurnapost.com · Wed Jun 17 04:18:42 GMT 2026

बुटवल : मुलुकमा २५ हजार ६ सय २३ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये १३ हजार ७ सय ३६ वटा विद्यालयमा १ सयभन्दा कम विद्यार्थी अध्ययन गर्छन्। जबकी शिक्षा नियमावलीले सामुदायिक विद्यालय सञ्चालन गर्न कम्तीमा पनि एउटा कक्षा कोठामा (तराईमा ५० जना, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना) विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। दिनप्रतिदिन विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक विद्यालय एकापसमा धमाधम गाभिन थालेका छन्। विद्यार्थी अभावमा मासिँदै गएका विद्यालयहरू अधिकांश गाउँका छन्।
गाउँबाट सहरमा बसाइँसराइ बढेपछि बालबालिकाहरू गाउँको तुलनामा सहरका विद्यालयमा धेरै हुन थालेका छन्। सुविधासम्पन्न सहरका विद्यालय भने विद्यार्थीहरूले भरिभराउ छन्। बुटवलका केही विद्यालय यस्ता छन्, जहाँ छोराछोरी भर्ना गर्नका लागि भनसुन गर्नुपर्ने बाध्यता छ। विद्यालय खोज्दै जाँदा पनि उनीहरूले सजिलै भर्ना पाउँदैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
सरोज गुरागाईं
काठमाडौँ