मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग र व्यापारमा फरक ब्याज, किसानलाई सस्तो कर्जा

ekantipur.com · Sat Jul 23 01:24:48 GMT 2022

काठमाडौँ — चालु आर्थिक वर्षमा उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरकफरक ब्याजदर कायम हुने भएको छ भने किसानले सस्तोमा कर्जा पाउने भएका छन् । त्यसका लागि राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमार्फत विभिन्न व्यवस्था गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि उत्पादक र अनुत्पादक क्षेत्रबीच प्रवाह हुने कर्जामा फरक ब्याजदर कायम गर्नुपर्ने घोषणा गरेको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै राष्ट्र बैंकले मौद्रिक नीतिमा उद्योग र व्यापारमा फरक ब्याजदर कायम गर्ने बताएको हो । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत विदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थपी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)