एसियन गेम क्वालिफायर : दीपेन्द्रको नेतृत्वमा टोली घोषणा
ajakoartha.com · Sun May 24 08:56:00 GMT 2026
काठमाडौं- एसियन गेम क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान तोकेको छ । क्यानले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेकाे हो ।
टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन् । उनीहरुबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)